काँक्रेविहार, सुर्खेत, नेपाल



लाटिकोइली गा.वि.स. अन्तर्गत सुर्खेत वन संरक्षण शाखा काक्रेविहार संरक्षण भित्र सवैभन्दा उचाइमा काँकेविह्रविहारको भग्नावशेष छ । सुर्खेत उपत्यकाको बीच भागमा हवाइजहाज बसेको जस्तो आकारमा बनेको भूखण्ड सुर्खेत उपत्यकाको स्थायी बसोबास गर्न थालेपछि अतिक्रमण भै धेरै मात्रामा वनजंगल विनाश भएको थियो । २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेतमा आएपश्चात काँक्रेविहारको भग्नावशेष समेतले महत्व पाएको देखिन्छ । काँक्रेविहारलाई संरक्षण गर्ने कार्यको थालनी भए पनि हाल यसतर्फ दृष्टि लगाउन छाडिएको छ ।

भग्नावशेषबाट सुर्खेत उपत्यकाको दृष्य प्रष्टरुपमा देख्न सकिने भएकाले दृश्यावोलोकनका लागि पनि काँक्रेविहारको महत्व रहेको छ । काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारीगरीको नमुना देख्न पाइन्छ । विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुादीएको छ । बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट यो भग्नावशेष भगवान बुद्धसँग सम्बन्धित मानिएको छ ।

काँक्रेविहारको निर्माण कुन समयमा भयो र कसले गर्‍यो भन्ने विषयमा कुनै ऐतिहासिक प्रमाण प्राप्त गर्न सकिएको छैन । काँक्रेविहारका विषयमा गहनतम अध्ययन अन्वषणको अभाव भैरहेको छ । यसको निर्माण तेह्रौ शताब्दीतिर भएको अनुमान गरीएको पाइन्छ । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरीन्छ । काँक्रेविहारको नामबाट नै निर्माणकर्ता र अनुयायीहरुको पहिचान गर्ने क्रममा कुकुच्छन्द बुद्धलमई समेत आधार बनाएको छ । उनको नामबाट विहार राखिएको हुँदा क्रमश भापाका ध्वनी परीवर्तनका ऐतिहाासिक नियमहरुलाई पार गर्दै कुकुच्छन्द विहारवाट काँक्रेविहार नाम रहन गएको भन्ने भनाईलाई तर्कपूर्ण मानिएको छ ।

सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले गर्दा पर्यटकिय स्थल, पिकनिक वनभोजको लागि पनि प्रशिद्ध यस ऐतिहाासिक स्थलको उचित संरक्षण सम्बर्धन गरीएमा सुर्खेत जिल्लाकै विकासमा ठूलो टेवा पुग्न सक्ने कुरामा विवाद छैन ।
भग्नावशेष रहेको स्थानदेखि दक्षिणतर्फसम्म उचाइमा एक थुम्को छ जहाँ १२/१२ वर्षमा पंचवली दिएन्छ । पंचवली नदिएमा रोगव्यथा वन्यजन्तु, भूतप्रेतले सताउनुको साथै सुर्खेतमा अनावृष्टि भई विभिन्न दु:खकष्ट व्यहोर्नु पर्छ भन्ने भनाई पनि प्रचलित रहेको छ ।